About Nepali Jyotish
हाम्रो अनलाइन सेवा मार्फत चिना (कुण्डली), वास्तु र बिभिन्न धार्मिक तथा आध्यात्मिक कार्यहरुको बारेमा परामर्श लिन सक्नुहुन्छ। तपाईं आफ्नो बारेमा जान्न चिना देखाउन चाहनुहुन्छ, अथवा ज्योतिषाचार्य वा धर्मशास्त्रीहरु सँग कुनै बिषयमा परामर्श लिन चाहनुहुन्छ भने तपाईंले तल दिइएको निर्देशन अनुसार शुल्क तिरेर बिषयविग्य सँग परामर्श लिन सक्नुहुन्छ।
अनलाइन ज्योतिष सेवा समय ३० मिनेटको हुनेछ ।
• शुल्क तिरेको रसिदको फोटो वा रिसिभ प्राप्त भए पश्चात सेवा प्रदान गरिनेछ ।
• इ-सेवा , खल्ती , आइ.एम.इ, बैक वा मोवाइल रिचार्ज बाट सजिलै भुक्तानी गर्न सकिनेछ ।
• ग्रह दोष , पारिवारिक सम्बन्ध , बैवाहिक सम्बन्ध , रोजगारी , ब्यापार वास्तु र आध्यात्म आदि बिभिन्न बिषयको बारेमा आफ्ना जिज्ञासा राख्न सक्नुहुनेछ ।
• चिना कुण्डलीको बिश्लेषण गरि समस्याको निवारण र उचित मार्गदर्शन लिन सकिन्छ ।
• रत्न, रुद्राक्ष र जडिबुटि धारण सम्बन्धि परामर्श प्रदान गरिनेछ ।
तपाईं देश बाहिर हुनुहुन्छ वा नेपालमै भएर पनि नजिक पूजा आजको बारेमा जान्नु भएका गुरुहरु हुनुहुन्न भने यो माध्यम वाट वैकल्पिक रुपमा पूजा गर्न सक्नुहुन्छ। तपाईंको आफ्नो स्थानमा यथोचित सामग्रीको उपलब्धतामा हाम्रा विज्ञ गुरुहरुले अनलाइन माध्यम बाट विधि बताउनु हुने छ र मन्त्रोच्चारण गर्नु हुनेछ । यसरी वैकल्पिक रुपमा कार्य सम्पन्न गराउन सकिन्छ। विदेशमा नामाकरण, पास्नी, जन्मोत्सव, चूडा, तीज पञ्चमी आदि पूजाको लागि यो माध्यम निकै उपयोगी हुनेछ ।
पूजा सामग्री र गुरु दुवैको उपलब्धता छैन भने यो विधि उपयुक्त हुन्छ। तपाईका कोही प्रतिनिधि उपस्थित भएर वा तपाईं आफै अनलाइन भिडियो कुराकानीमा प्रतक्ष उपस्थिति जनाएर पनि पूजाको प्रक्रिया पूरा गर्न सकिन्छ। देश बाहिर रहेका नेपाली हिन्दू धर्मका अनुयायी हरुको लागि यो निकै सजिलो र प्रभावकारी माध्यम हो । अशुभ ग्रहको दशा शान्ति र कुनै विशेष काम गर्नु भन्दा पहिले गरिने स्वस्ती शान्ति कार्यको लागि यो माध्यम निकै फलदायी भइरहेको छ ।
For inquiries or assistance with website development projects, please contact Flyup Technology Pvt. Ltd.:
- Phone: 9851093960
- Email: flyup2077@gmail.com
- Location: Soalteemode, Kathmandu, Nepal
Thank you for choosing Flyup Technology for your digital transformation journey. We look forward to serving you and helping At Nepali Jyotish achieve its recruitment goals.
